Loading...
Notice
Event Completed

सुषमा कलेजद्वारा एमबीबीएस, बिटेक प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई सम्मानित

सुषमा कलेजद्वारा एमबीबीएस, बिटेक प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई सम्मानित

About This Event

इटहरी / इटहरी स्थित सुषमा कलेजले एमबीबीएस तथा बिटेक प्रवेश परीक्षामा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूलाई एक भव्य कार्यक्रमका बीच सम्मानित गरेको छ। कलेजले कक्षा १२ विज्ञान शाखामा उत्तीर्ण भएका अफ्ना विद्यार्थीहरू एमबीबीएसमा छात्रवृत्ति प्राप्त गर्ने श्रेया शाह (रैंक १३), सव्य पन्त (रैंक ३२९), र अभिषा रौत (रैंक २९७)तथा बिटेक क्षेत्रको खाद्य प्रविधि प्रवेश परीक्षामा नेपालभरि पहिलो स्थान हासिल गरेका अस्बिन सुबेदीलाई लाई सम्मानित गरेको हो। कार्यक्रममा कलेजका प्राचार्य बोधराज नेपाल, बलराम पन्त, विभिन्न संकायका शिक्षक, शिक्षिकाहरू, अभिभावकहरू र अतिथिहरूको उल्लेखनीय उपस्थिती रहेको थियो। कलेजका प्राचार्य बोधराज नेपालले कार्यक्रममा सुषमा कलेजले सदैव गुणस्तरीय शिक्षा प्रदान गर्नेमा विशेष ध्यान दिएको बताए ।

Location

Sushma Godawari College

View on Map
1
Chat with SGC Assistant